पूर्व उपरथी होम लावती जुवा खालबाट पक्राउ, १६ लाख ८२ हजार बरामद
काठमाडाैं | कात्तिक २९, २०८०
काठमाडौँ: नेपाली सेनाका पूर्व उपरथी होम लावतीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । लावतीसहित ८ जना जुवा खालबाट पक्राउ परेका हुन् ।
हात्तिवन स्थित जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए ।
ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर, ललितपुरमा राखिएको छ ।
पक्राउ पर्नेमा पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् । यो खबर राटोपाटीमा प्रकाशन भएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

